Online Nepal बिहिबार, बैशाख १३ २०८१

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक पारित

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक पारित


मध्यान्तर
  • सोमबार, असार २७ २०७९

  • काठमाडौं । नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक २०७९ पारित भएको छ। प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सो विधेयक सर्वसम्मतले पारित गरेको हो ।

    गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने पेस गरेको प्रस्ताव सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।

    उक्त प्रस्तावलाई निर्णयार्थ पेस गर्नुअघि बैठकमा छलफल भएको थियो भने सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको गृहमन्त्री खाणले जवाफ पनि दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार