Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

डिसहोमको ‘डिसहोम फ्री अफर’ योजना

डिसहोमको ‘डिसहोम फ्री अफर’ योजना


मध्यान्तर
  • बुधबार, भाद्र ६ २०७५

  • काठमाडौं । डिसहोमले उपभोक्ताहरु माझ ‘डिसहोम फ्री अफर’ ल्याएको छ । एक मात्र स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिसहोमले उपभोक्ताहरु माझ ‘डिसहोम फ्री अफर’ योजना ल्याएको हो ।

    यस योजना अन्तर्गत ग्राहकले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन् । यो योजना २०७५ भाद्र १ गते सुरु भई सीमित अवधिको लागि लागू हुने कम्पनीले जनाएको छ ।

    नेपालमा सरकारले लागु गरेको अनिवार्य डिजिटलाइजेशन नीतिले ग्राहकई सजिलै गुणस्तरीय डिसहोमको सेवा प्रदान गर्न र सर्वसाधारणलाईसमेत यो सेवामा आकर्षित गर्न योजना लागू गरिएको डिसहोमले जनाएको छ ।

    डिसहोमको जडान उपकरण फ्रीमा पाउने भएपछि यो डिजिटल सेवा लिने ग्राहकहरु गुणात्मक रुपमा वृद्धि हुने कम्पनीको विश्वास छ । सेटअप बक्सबिनाको एनालग सेवा हेरिरहेका ग्राहकहरुलाई यो योजना निकै आकर्षक हुने देखिएको छ ।

    सन् २००९ मा स्थापित डिसहोमको २४ सै घण्टा ग्राहक सेवा, हरेक वडाहरुमा दक्ष प्राविधिक, आफ्नै लोकप्रिय च्यानलहरुका कारण ग्राहकमाझ चर्चामा छ ।

    डिसहोम केही समय अगाडि पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । यस कम्पनीले छिट्टै सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ।

    प्रतिक्रिया
    थप समाचार