Online Nepal शुक्रबार, चैत्र १६ २०८०

सचेत र संयमित हुन बीमा समितिका अध्यक्ष सिलवालको आग्रह

सचेत र संयमित हुन बीमा समितिका अध्यक्ष सिलवालको आग्रह


मध्यान्तर
  • आइतबार, साउन १ २०७९

  • काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सचेत र संयमित हुन त आतंकित नहुन बीमा कम्पनीहरुलाई आग्रह गरेका छन् । आइतबार राजधानीमा आयोजित हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले नियमन भनेको नियन्त्रण नभएको बताए ।

    ‘नियमन भनेको नियन्त्रण होइन, नडराउनुहोस् । तर, ऐन, नियम र परिधिभित्र बसेर काम गर्नुस् । यसले बीमा क्षेत्रको विश्वसनीयता मात्र होइन विकासमा समेत सहयोग पुग्छ’ सिलवालले भने । यस्तै बीमा क्षेत्रको कमजोर स्थितिकै कारण बलियो उपस्थित जनाउन नसकेको भन्दै अध्यक्ष सिलवालले अब कम्पनीहरुले आफ्नो पुँजी, क्षमता तथा प्रविधिको प्रयोग बढाउनपट्टी लाग्नुपर्ने बताए ।

    सोही अवसरमा अध्यक्ष सिलवालले सर्वसाधारणमा बीमाको सहज पहुँच विस्तार गर्न स्थानीय तहसम्मै पुग्नुपर्ने र सबैले बुझ्ने र आवद्ध हुने गरि बीमाको पोलिसी समान खालको बनाउनुपर्ने बताए ।

    प्रतिक्रिया
    थप समाचार