Online Nepal शनिबार, बैशाख ८ २०८१

क्लास्सिक टेकले राख्यो देशभरबाट तीन सय फाइबर प्राविधिक

क्लास्सिक टेकले राख्यो देशभरबाट तीन सय फाइबर प्राविधिक


मध्यान्तर
  • आइतबार, साउन ८ २०७९

  • काठमाडौं । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रधायक कम्पनी क्लास्सिक टेकले देशै भर थप ३०० नयाँ प्राविधिक कर्मचारी नियुक्त गरेको छ । वर्षा मौसममा धेरै फाइबर सम्बन्धी समस्या आउने र कर्मचारी पानीको कारणले बिद्युत पोलमा चडेर काम गर्न नमिल्ने भएको जनाउँदै ग्राहक लाई सुबिधा दिन ईस्टिमेट टाईम अफ रेस्पोन्श (ईटीआर) भित्र काम गर्न कम्पनीले कर्मचारी नियुक्त गरेको हो ।

    साथै, क्लास्सिक टेकले १ सय ३ आउटलेट सँगै रहेका आफ्ना प्रयोगकर्ताहरुको लागि समर्थनको पहुच बढाएको छ । जसले गर्दा छिटो प्राविधिक सहायता दिन मद्धत पुर्याउने छ भने मर्मतमा लाग्ने समय पनि घटेर छिटो छरितो रुपमा सेवा प्रदान गर्न थप मद्धत पुग्ने कम्पनीको भनाइ रहेको छ ।

    त्यस्तै, क्लास्सिक टेकले आफ्नो आईपीटिभीको पनि अध्यावधिक भर्जन १.१.२ ल्याएको छ । जसमा १०० भन्दा बढी एचडी र १०० एसडी च्यानेलहरुमा पनि नयाँ फिचर उपलब्ध गराईएको कम्पनीले जनाएको छ । जसले गर्दा टिभी हेर्दाको अनुभवलाई अजै राम्रो बनाउने छ र बफरिङ फ्रि हरुको समाधान हुने पनि क्लास्सिक टेकको भनाई छ ।

    यो सँगै कम्पनीले आउने दिनमा आफ्नो नेटवर्क नेपालको दुर्गम क्षेत्र मा विस्तार गर्दै जाने र ग्राहकलाई राम्रो इन्टरनेट न्यूनतम मूल्य मा दिने बताईएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार