Online Nepal मंगलबार, जेष्ठ १ २०८१

अभिनेत्री मिरुना मगरविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता

अभिनेत्री मिरुना मगरविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता


मध्यान्तर
  • बिहिबार, साउन १२ २०७९

  • काठमाडौं । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन् ।

    दायर मुद्दामा वादीको तर्फबाट मुद्दा दर्ता गर्दै तामाङले कानुन बमोजिम सजायको माग गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए ।

    माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको फुर्र्वाले उजुरीमा उल्लेख गरेका छन् ।

    फिल्म प्राविधिक ठकुरीले मिरुनालाई उक्साउने काम गरेको भन्दै उनीविरुद्ध पनि कारवाही माग गरिएको छ । गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा कबड्डी ४ फिल्मको प्रचारको लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुव्र्यवहार गरेको भन्दै थप्पड हानेकी थिइन् ।

    मिरुना ‘कबड्डी ४’ की अभिनेत्री हुन् भने ठकुरी फिल्म प्राविधिकको रुपमा कार्यरत थिए । मिरुना यतिबेला लण्डनमा छिन् ।

     

    प्रतिक्रिया
    थप समाचार