Online Nepal मंगलबार, जेष्ठ १ २०८१

नम्रता बनिन् इन्स्टाको ब्राण्ड ऐम्बेष्डर

नम्रता बनिन् इन्स्टाको ब्राण्ड ऐम्बेष्डर


मध्यान्तर
  • आइतबार, साउन १५ २०७९

  • नेपाली चलचित्रकी अभिनेत्री एबं मोडल नम्रता सापकोटा अब ऐजुकेशन बिधासंग जोडीएकी छन । उनी आइतबारदेखी सन्चालनमा आएको इन्स्टा ऐजुकेशन एण्ड भिसा सर्भिसेसको ब्राण्ड ऐम्बेष्डरको रूपमा नियुक्त भएकी छन । यो सस्थाको आइतबार इक्यानका अध्यक्ष प्रकाश पाण्डे र ब्राण्ड ऐम्बेष्डर नम्रता सापकोटाले एक समारोहबीच शुभारम्भ गरे । संस्था काठमाण्डौको पुतली सडक स्थित स्टार महलमा रहेको छ ।

    बिगत पांच बर्षदेखी शैक्षिक परामर्शदाताको रूपमा काम गर्दै आएका हिरा कंडेल , हरि सापकोटा र हरिप्रपन्न कंडेलले यो संस्था हांक्न लागेको जानकारी दिइएको छ । हिरा कंडेल र हरि सापकोटाले सस्थालाई अष्ट्रेलियाको सिड्नीबाट सन्चालन गर्दै छन भने नेपालको कार्यालय हरिप्रपन्न कंडेलले सम्हाल्ने भएका छन । उच्चशिक्षा हांसिल गर्न अष्ट्रेलिया जान चाहने नेपाली बिध्यार्थीहरसंग सहकार्य गर्नु नै आफ्ना उद्देश्य रहेको जानकारी ब्राण्ड ऐम्बेष्डर नम्रता सापकोटाले दिइन -‘ म माथि बिस्वास गरेर उहांहरूले मलाई दिनु भएको यो ज़िम्मेवारीलाई म पुरा गर्ने छु । उहांहरूको संस्थालाई उचाई थप्नु म दिलो ज्यानले लाग्ने छु -‘ नम्रताले भनिन् ।

    शुभारम्भ कार्यक्रममा गायक थानेश्वर गौतम लगाएत बिभिन्न क्षेत्र र बिधासंग आबद्द ब्यक्ति ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो । इष्टाले उच्चशिक्षा अध्ययन गर्न अष्ट्रेलिया जान चाहने बिध्यार्थीहरूको बिश्वासिलो र भरपर्दो शैक्षिक परामर्शदाताको रूपमाआफ्नो यात्रा अगाडि बढाउंने कुरा बताएको छ ।                राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार