Online Nepal बिहिबार, बैशाख ६ २०८१

सिड्नीमा स्टुडेण्ट भाइसले गर्यो बिध्यार्थीहरूको जमघट

सिड्नीमा स्टुडेण्ट भाइसले गर्यो बिध्यार्थीहरूको जमघट


मध्यान्तर
  • आइतबार, साउन २२ २०७९

  • पछिल्लो समय उच्च शिक्षा प्राप्त गर्ने उद्देश्यले अष्ट्रेलिया प्रबेश गर्न चाहने नेपाली बिध्यार्थीहरूको संख्या बढ्न थालको छ । यसरी प्रबेश गरेका बिध्यार्थीहरूको मनोबल उच्च बनाउंदै उनिहरूमा हौशला र प्रेरणा प्रदान गर्ने मामिलामा अगाडि रहेको शैक्षिक परामर्शदाता हो, स्टूडेण्ट भाइस ।

    -‘ स्टुडेण्ट भाईस कन्सल्टेन्सी मात्र होइन , यो मार्फत आउंदा हामीले यहांबाट अभिभावकत्व पाएका छौ । हामीलाई सधै उर्जा दिने यो सस्थाको यही बिशेषता हामीलाई मन पर्यो -‘ शनिबार सस्थाले सिड्नीमा आयोजना गरेको बिध्यार्थी भेटघाट कार्यक्रममा बिध्यार्थीहरूले आफ्नो अनुभब सुनाए । बिध्यार्थीहरूको यो अनुभबलाई समर्थन गर्दै एप्सले र अष्ट्रल स्किल इनेष्टिच्यूट अफ अष्ट्रेलियाकी मार्केटिंग मेनेजर स्वस्तिका बिष्टले कलेजको तर्फबाट स्टुडेण्ट भाईसले बिध्यार्थीहरूमा पारेको सकारात्मक प्रभाबको बारेमा चर्या गरेकी थिइन -‘ राम्रो ऐजुकेसन कन्सल्टेन्सीसंग जोडिन पाएकोमा हामी पनि खुशी छौ -‘ ।

    बिध्यार्थी भेटघाट कार्यक्रमकौ सन्चालन सस्थाका इन्टरनेशनल ऐजुकेशन अफिसर रन्जित घिमिरेले गरेका थिए भने सस्थाका अपरेसन म्यानेजर सुमित खनाल ,पूर्ब प्राध्यापक इएन इस्टीभेन्स ,सस्थाकी प्रबन्ध निर्देशक सुनिता श्रेष्ठ र लुम्बिनी एफ सी कोच दिल खड्का लगाएतले सस्थाले नेपाली बिध्यार्थीहरूको बारेमा खेलको सकारात्मक भूमिकाको खुलेर चर्चा गर्दै प्रशंसा गरेका थिए ।

    अष्ट्रेलियामा अध्यनरत नेपाली बिध्यार्थीहरूलाई साथ र समर्थन गर्दै आएको स्टुडेण्ट भाइसले आयोजना गरेको यस्तो कार्यक्रम सांच्चै नै फलदायी हुने बिश्वास गरिएको छ -‘ एक आपसमा परिचय नहुनु भएका नेपाली बिध्यार्थीहरूलाई नजिक बनाएर भाईचाराको सम्पन्ध बनाउंनु पनि जमघटको उद्देश्य रहेको कुरा सस्थाका निर्देशक बद्री बरूवालले बताए -‘ परदेशमा आएका नेपाली बिध्यार्थी -बिध्यार्थीबीच भाईचारा बढाएर एक अर्कोले जानेको र सिकेको सिपबीच छलफल होस र एकले अर्कोलाई चिन्ने कोशिश गरून भन्नु पनि यो कार्यक्रमको उद्देश्य हो -‘ बरूवालले भने ।

    बरूवालले बिगतमा पनि सस्थाले नेपाली बिधार्थीहरूको मनोबल बढाउंने , ज्ञान अभिबृद्दी गर्ने र शैक्षिक क्षमता उकास्ने खालको कार्यक्रम गर्दै आएको जानकारी दिए -‘ आगामी दिनमा हामी नेपाली बिधार्थीहरूका लागि हुने फलदायी र ज्ञानमूलक कार्यक्रमहरू लिएर चांडै आउंदै छौ -‘ उनले भने ।    राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार