Online Nepal बुधबार, बैशाख १२ २०८१

एसईईमा ३.२० जीपीए ल्याउने विद्यार्थीलाई नगरपालिकाले मासिक ४ हजार दिने

एसईईमा ३.२० जीपीए ल्याउने विद्यार्थीलाई नगरपालिकाले मासिक ४ हजार दिने


मध्यान्तर
  • आइतबार, साउन २२ २०७९

  • काठमाडौँ । रेसुङ्गा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईई०मा ३.२) जीपीए ल्याएर जिल्लामै पढ्ने विद्यार्थीहरुलाई मासिक चार हजार दिने भएको छ ।

    अध्ययन प्रोत्साहनका लागि नगरपालिकाभित्रै पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रममार्फत नगरपालिकाले सहयोग घोषणा गरेको हो ।

    शौक्षिक पलायन, बसाइँसराइ जस्ता प्रमुख समस्याहरुलाई रोक्नका लागि यस्तो कार्यक्रम ल्याइएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

    उनले नगरपालिकाभित्र शौक्षिक गुणस्तर वृद्धि गर्न यस्तो कार्यक्रम आवश्यक रहेको उल्लेख गरे ।

    यस कार्यक्रमले यहाँका नगरिकहरुले आफ्ना छोराछोरीहरुको भविष्य सुनिचित गर्न सहयोग पुग्ने अपेक्षा नगरपालिकाको रहेको छ ।

    तोकिएको अंक ल्याएका विद्यार्थीहरु रेसुङ्गा नगरपालिका अन्र्तगतका विद्यालयमा अध्ययन गरेका र नगरपालिकाको स्थायी ठेगाना भएको हुनुपर्नेछ ।

    नेपालको जुनसुकै विद्यालयमा अध्ययन गरी (एसईई०) ७८ को नतिजामा ३.२० देखि माथि जि.पि.ए. ल्याएका विद्यार्थीलाई नगरपालिकाले अध्ययन प्रोत्साहन छात्रवृत्ति उपलध्ध गराउने रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । आगमी शौक्षिक सत्रदेखि निरन्तर यो अभियान जारी रहने उल्लेख गरिएको छ ।

    रेसुङ्गा नगरपालिका भित्र ०७८ को माध्यामिक शिक्षा परीक्षाको (एसईई) मा विभिन्न विद्यालयमा अध्ययन गरी ३.२० जीपीए ल्याउने विद्यार्थी संख्या हालसम्म १४६ रहेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार