Online Nepal बिहिबार, चैत्र १५ २०८०

महोत्तरीमा ज्वाइँले श्रीमती र सासुको शरीरमा आगो लगाए

महोत्तरीमा ज्वाइँले श्रीमती र सासुको शरीरमा आगो लगाए


मध्यान्तर
  • आइतबार, साउन २२ २०७९

  • काठमाडौं । महोत्तरीमा ज्वाइँले श्रीमती र सासुको शरीरमा आगो लगाएका छन्  ।

    भंगहा नगरपालिका ९ कञ्चनवनकी ६५ वर्षीया रेश्मादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई औरही नगरपालिका–८ का शंकर सदाले मट्टीतेल खन्याएर आगो लगाएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ । आरोपित शंकर फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    आगो लागेर घाइते भएका दुवैजनाको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ । घटनाबारे यकिन कारण नआएपनि घरायसी विवादका कारण आवेगमा आएर आगो लगाइएको प्रहरीको अनुमान छ ।

    आगोले रेसमादेवी सदाको पिठ्यु, पाखुरा र बायाँ खुट्टा जलेको छ । प्रमिलादेवी सदाको हात, खुट्टा र छाती जलेको छ । उनीहरूको अवस्था चिन्ताजनक रहेकोले थप उपचारका लागि काठमाडौं रेफर गरिएको हो।

    वैदेशिक रोजगारबाट फर्केपछि शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार