Online Nepal बुधबार, बैशाख १२ २०८१

बढ्दै डेङ्गुका बिरामी, दुई सातामा ९४ जना संक्रमित

बढ्दै डेङ्गुका बिरामी, दुई सातामा ९४ जना संक्रमित


मध्यान्तर
  • मंगलबार, साउन २४ २०७९

  • हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडासहित मकवानपुर जिल्लाभर डेङ्गुका बिरामी बढेको छ । लामखुट्टेको टोकाइको कारणले  हुने डेङ्गुका बिरामीको संख्या पछिल्लो दुई सातामा ९४ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

    डेङ्गुका बिरामी बढ्दै गएपछि हेटौंडा अस्पताल तथा यहाँका निजी स्वास्थ्य संस्थामा बिरामीको चाप बढेका छ । डेङ्गुको बिरामी बढेसँगै हेटौंडा उपमहानगरपालिकाले प्रभावित वडाहरुमा लामखुट्टे मार्ने स्प्रेसमेत नियमित गरिरहेको छ ।

    डेङ्गुसँगै मकवानपुरमा पछिल्लो दुई सातामा १५ जनामा स्क्रबटाइफस र एकजनामा कालाजार देखिएको छ ।

    मकवानपुरमा गत आर्थिक वर्ष २०७८/८९ मा १९५ जनामा डेङ्गु संक्रमण देखिएको थियो । तर, यो पटक आक्रामक रुपले संक्रमण बढेको कारण बिरामीको संख्या दोब्बरले बढ्ने सम्भावना देखिएको स्वासथ्य कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार