Online Nepal बिहिबार, बैशाख १३ २०८१

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङ यीबीच आज द्विपक्षीय वार्ता हुने

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङ यीबीच आज द्विपक्षीय वार्ता हुने


मध्यान्तर
  • बुधबार, साउन २५ २०७९

  • काठमाडौं । मंगलवार छिमेकी राष्ट चीनको भ्रमणमा गएका परराष्ट्रमन्त्री डा.नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच आज द्विपक्षीय वार्ता हुने भएको छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार राती चीन प्रस्थान गरेका मन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    चीनको छिङताओ सहरमा हुने वार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ। नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रसहित, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी छन्।  टोली बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार