Online Nepal शुक्रबार, बैशाख ७ २०८१

अमेरिका र भारतले चीनको सीमानजिकै सैन्य अभ्यास गर्ने

अमेरिका र भारतले चीनको सीमानजिकै सैन्य अभ्यास गर्ने


मध्यान्तर
  • बिहिबार, साउन २६ २०७९

  • नयाँ दिल्ली । अमेरिका र भारतले यही अक्टोबरमा चीनसँग सीमा जोडिएको क्षेत्रमा सैन्य अभ्यास गर्ने भएका छन् ।

    भारतको उत्तराखण्डमा सैन्य अभ्यास गर्ने निर्णय गरिएको निक्की एसियाको रिपोर्टलाई उद्धृत गर्दै भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले जनाएको छ ।

    यो सैन्य अभ्यास अक्टोबर १८ देखि ३१ तारिखसम्म उत्तराखण्डको औलीमा १० हजार फिटको उचाइमा हुनेछ । अभ्यास उच्च उचाइको लडाइँ प्रशिक्षणमा केन्द्रित हुने अमेरिकी सेना प्यासिफिकलाई उद्धृत गर्दै जनाइएको छ ।

    ताइवानको वरिपरि बेइजिङको अभूतपूर्व अभ्यासलाई ध्यानमा राख्दै यो वर्षको अभ्यासको स्थान र समय रोचक भएको हिन्दुस्तान टाइम्सको टिप्पणी छ ।

    अमेरिकी सेना प्यासिफिकका मेजर जोनाथन लुइसले निक्की एसियालाई भने, “यस वर्षको अभ्यासको रणनीति चिसो मौसममा हुने अपरेसनमा र उच्च उचाइमा केन्द्रित छ । जसले वातावरणमा फरक चुनौतीहरू खडा गर्नेछ ।”

    औली भारत र चीनबीचको विवादित सिमाना वास्तविक नियन्त्रण रेखा (एलएसी)बाट करिब ९५ किलोमिटर टाढा छ । हिन्दुस्तान टाइम्सबाट ।

    प्रतिक्रिया
    थप समाचार