Online Nepal बिहिबार, बैशाख १३ २०८१

फिफा विश्वकप २०२२ एक दिन अघि सर्‍यो, अब नोभेम्बर २० मै सुरु हुने

फिफा विश्वकप २०२२ एक दिन अघि सर्‍यो, अब नोभेम्बर २० मै सुरु हुने


मध्यान्तर
  • शुक्रबार, साउन २७ २०७९

  • काठमाडौं । फिफा विश्वकप २०२२ एक दिन अघि सरेको छ । कतारमा हुने अब फिफा विश्वकप फुटबल एक दिन अघि नै अर्थात् नोभेम्बर २० मै सुरु हुने भएको छ । यसअघि नोभेम्बर २१ हुने सुरु हुने तय भएको थियो ।

    नेपाली पात्रोनुसार नोभेम्बर २० मंसिर ४ गते पर्छ ।  बिहीबार जारी गरिएको फिफाको विज्ञप्तिमा विस्तृत परामर्श प्रक्रिया र मुख्य सरोकारवालाहरू र आयोजक देशसँगको सम्झौता पछि यो निर्णय गरिएको उल्लेख छ ।

    विश्व कपको उद्घाटन समारोहलाई पनि एक दिन अगाडि सारिएको छ । प्रतियोगिताको पहिलो खेल खेल्न दिनको लागि तालिकामा परिवर्तन गरिएको छ । एक दिन खेल सरेसँगै उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर प्रतिस्पर्धा गर्ने भएका छन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार