Online Nepal बिहिबार, बैशाख १३ २०८१

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य


मध्यान्तर
  • शुक्रबार, साउन २७ २०७९

  • फाइल तस्बिर

    शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ बढेको हो।

    बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

     

    प्रतिक्रिया
    थप समाचार