Online Nepal शनिबार, बैशाख ८ २०८१

मलेसियामा एकैदिन ४ हजार ८ सय ३१ मा कोरोना सङ्क्रमण, १० जनाको मृत्यु

मलेसियामा एकैदिन ४ हजार ८ सय ३१ मा कोरोना सङ्क्रमण, १० जनाको मृत्यु


मध्यान्तर
  • शुक्रबार, साउन २७ २०७९

  • मलेसियामा बिहीबार रातिसम्म थप चार हजार आठ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यहाँ पछिल्ला केही समयमा कोरोनाको सङ्क्रमण बढेको पाइएको हो । त्यसैगरी यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको एकै दिनमा यहाँ १० जनाको ज्यान पनि गएको छ ।

    यहाँ भेटिएका पछिल्लो दिनका यी सङ्क्रमितहरु प्राय सबैजसो देश भित्रैका रहेका बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कम्तीमा पनि ३६ हजार जनाको निधन भएको छ ।

    त्यसैगरी सो मन्त्रालयले यहाँ अहिलेसम्म ४७ लाख भन्दा बढीमा सो सङ्क्रमण पाइएको पनि जनाएको छ । मलेसियाली सरकारले कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा राखेर लगाउने गरेकाले यहाँका सङ्क्रमितहरुमा मृत्यु दर भने निकै कम रहेको पनि बताइएको छ ।

    प्रतिक्रिया
    थप समाचार