Online Nepal शनिबार, बैशाख ८ २०८१

इतिहासमै पहिलो पटक भारतीय र पाकिस्तानी सेना मिलेर दुश्मनसँग लड्ने !

इतिहासमै पहिलो पटक भारतीय र पाकिस्तानी सेना मिलेर दुश्मनसँग लड्ने !


मध्यान्तर
  • आइतबार, साउन २९ २०७९

  • काठमाडौं । भारत र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धमा त्यति न्यानोपन नहुन सक्छ, तर दुवै देश आतंकवादविरुद्ध एकअर्काको सहयोगी बन्न लागेका छन् । भारतले अक्टोबरमा सांघाई सहयोग संगठन (एससीओ) अन्तर्गत आतंकवाद विरोधी अभ्यास गर्न लागेको छ। पाकिस्तान यसमा सहभागी हुन सहमत भएको छ ।

    समाचार एजेन्सीले एक्सप्रेस ट्रिब्यूनलाई उद्धृत गर्दै भनेको छ कि पाकिस्तान र भारतका सेनाको टोलीले आतंकवाद विरोधी अभ्यासमा भाग लिने भएका छन्। तर यस्तो अभ्यासमा भाग लिन पाकिस्तान भारत आउने यो पहिलो पटक हो।

    सांघाई सहयोग संगठनको क्षेत्रीय आतंकवाद विरोधी संरचना (आरएटिएस) अन्तर्गत यो अन्तर्राष्ट्रिय आतंकवाद विरोधी अभ्यास यसै वर्षको अक्टोबरमा हुने भएको छ। भारत यस अभ्यासको आयोजक राष्ट्र हो। पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता असिम इफ्तिखारले यसमा पाकिस्तानको सहभागिताबारे जानकारी दिएका छन् ।

    उनले यस वर्ष एससीओ आरएटिएसको नेतृत्व भारतले गरेको बताए । यो अभ्यास अक्टोबरमा भारतको हरियाणाको मानेसरमा हुने छ। पाकिस्तान एससीओको सदस्य हो र यसमा सहभागी हुनेछ।

    आतंकवाद विरोधी अभ्यासमा भारत र पाकिस्तान बाहेक रुस, चीन, इरान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान पनि सहभागी हुनेछन् । यी सबै देश चीनको पहलमा बनेको सांघाई सहयोग संगठनका सदस्य हुन्।

    भारत र पाकिस्तानका लागि यसरी मिलेर आउनु निकै महत्वपूर्ण मानिएको छ । जम्मु कश्मीरबाट धारा ३७० खारेज भएदेखि नै दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेको छ । भारतको यो निर्णयको पाकिस्तानले कडा आलोचना गरेको छ । त्यसपछि दुवै देशको कूटनीतिक सम्बन्धमा निकै कमी आएको थियो । पाकिस्तानले भारतीय राजदूत (उच्चायुक्त) लाई निष्कासन गरेको थियो।

    भारतले बारम्बार पाकिस्तानलाई जम्मु कश्मीर यसको अभिन्न अंग थियो, छ र रहिरहने स्पष्ट पारेको छ। भारतले आतंकवाद र हिंसामुक्त वातावरणमा पाकिस्तानसँग सामान्य छिमेकी सम्बन्ध कायम राख्नमा विश्वास गरेको बताएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार