Online Nepal शुक्रबार, चैत्र १६ २०८०

दर्ता भएको चार वर्षपछि बिमा विधेयक पारित, बिमा समिति अब प्राधिकरण हुने

दर्ता भएको चार वर्षपछि बिमा विधेयक पारित, बिमा समिति अब प्राधिकरण हुने


मध्यान्तर
  • आइतबार, साउन २९ २०७९

  • काठमाडौं । संसद्मा चार वर्षअघि दर्ता गरिएको बिमासम्बन्धी विधेयक आइतबार प्रतिनिधिसभाबाट बहुमतले पारित गरिएको छ । अर्थ समिति, राष्ट्रियसभा र प्रतिनिधिसभामा दफावार छलफलपछि विधेयक पारित गरिएको हो ।

    उक्त विधेयक अब सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइनेछ । राष्ट्रपतिले विधेयकमा लालमोहर लगाएपछि बिमा विधेयक ‘बिमा ऐन २०७९’ का रूपमा लागु हुनेछ ।

    यो ऐन लागु भएपछि अहिलेको बिमा समिति अधिकारसम्पन्न बिमा प्राधिकरणका रूपमा परिणत हुनेछ । उक्त प्राधिकरण स्वायत्त रहने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । बिमा क्षेत्रमा भएका समस्यालाई नियालेर समयसापेक्ष विधेयक बनाइएको उनले बताए ।

    विधेयकमार्फत प्राधिकरणले तोकेको चुक्तापुँजी बिमा कम्पनीहरूले नपु¥याए कम्पनीको लाइसेन्स जफत गर्न सक्ने अधिकार पनि दिइएको छ ।

    विधेयकमा बिमा ब्रोकरको पनि परिकल्पना गरिएको छ ।

    पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बिमा विधेयक ०७५ असारमा संसद्मा पेस गरेका थिए । उक्त विधेयकमा बिमा प्राधिकरणको सञ्चालक समिति तथा अध्यक्ष नै परिवर्तन हुने व्यवस्था थप गरिएपछि विवाद भएको थियो । यीलगायत विषयमा विवाद भएपछि संसद्ले यसअघि विधेयक पुनः छलफलका लागि अर्थ समितिमा फिर्ता पठाइदिएको थियो ।

    प्रतिक्रिया
    थप समाचार