Online Nepal बिहिबार, बैशाख १३ २०८१

भारतीय सेना प्रमुखलाई भ्रमणको औपचारिक निमन्त्रणा पठाउने मन्त्रिपरिषद्को निर्णय

भारतीय सेना प्रमुखलाई भ्रमणको औपचारिक निमन्त्रणा पठाउने मन्त्रिपरिषद्को निर्णय


मध्यान्तर
  • आइतबार, साउन २९ २०७९

  • काठमाडौं । सरकारले भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय गरेको छ ।

    नेपाली सेनाको मानार्थ महारथी पदवीबाट सम्मानित गर्न उनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय सरकारले गरेको हो ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय भएको जानकारी दिएका हुन् ।

    नेपाली सेना र भारतीय सेनाबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एक आपसमा मानार्थ महारथी दिने प्रचलन छ ।

    प्रतिक्रिया
    थप समाचार