Online Nepal शनिबार, जेष्ठ ५ २०८१

फिनल्याण्डकी प्रधानमन्त्रीले रक्सी खाएर नाचेकाे भिडियाे लिक भएपछि…

फिनल्याण्डकी प्रधानमन्त्रीले रक्सी खाएर नाचेकाे भिडियाे लिक भएपछि…


मध्यान्तर
  • शुक्रबार, भाद्र ३ २०७९

  • फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले एक पार्टीमा रक्सी खाएर नाचेकाे भिडियाे लिक भएको छ । उनले साथीहरूसँग रक्सी खाएर नाचेको भिडियो भाइरल भएकाे हाे ।

    ३६ वर्षीयन मरिनले प्राइभेट पार्टीमा साथीहरूसँग रक्सी खाएर नाचेकाे भिडियाे सुरुमा इन्स्टाग्राममा पोष्ट गरिएको थियाे । फिनिस मिडियाहरूका अनुसार उक्त भिडियोमा कोकिनको बारेमा कुरा गरिरहेको सुन्न सकिने टाइम डटकमले जनाएको छ ।

    विपक्षी पार्टीका नेताहरूले मारिनले लागुऔषध सेवन गरे/नगरेकाेबारे परीक्षण गर्न र नतिजा सार्वजनिक रूपमा सार्वजनिक गर्न माग गरेका छन् । प्रधानमन्त्री पदमा रहेकाे व्यक्तिले यस्ताे हर्कत गर्न नहुने उनीहरूकाे भनाइ छ ।

    तर मारिनले भने पार्टीमा आफूले मदिरा सेवन गरेकाे भए पनि अन्य लागुऔषधकाे प्रयोग भने नगरेको दाबी गरेकी छन् । ‘मैले रक्सी पिए, नाचे , गाए, उत्सव मनाएँ । यी गैरकानुनी काम होइनन्,’ उनले भनेकी छन् ।

    मारिनले भिडियो सार्वजनिक भएकोमा आफू निराश भएको बताएकी छन् । ‘मसँग पनि मेरो उमेरका धेरै मान्छेहरूकाे जस्तै पारिवारिक जीवन छ, काम गर्ने जीवन छ र साथीहरूसँग बिताउन फुर्सद छ,’ उनले भनेकी छन् ।

    उनले आफ्नो व्यवहार परिवर्तन गर्न आवश्यक नभएको पनि बताइन् । ‘अहिलेसम्म जस्तो थिएँ, त्यस्तै रहन्छु । मलाई आशा छ कि यसलाई स्वीकार गरिनेछ,’ उनले भनिन् ।

    मारिन प्रायः पार्टी र संगीत उत्सवहरूमा भाग लिने भएकाले स्पटलाइटमा रहन्छिन् । उनी २०१९ मा पहिलो पटक प्रधानमन्त्री हुदा संसारकै सबैभन्दा कान्छी राष्ट्रप्रमुख बनेर कीर्तिमान कायम गरेकी थिइन् ।

    भिडियो स्रोत – द टेलिग्राफ 

    प्रतिक्रिया
    थप समाचार