Online Nepal बिहिबार, बैशाख ६ २०८१

७७ वटै जिल्लामा कांग्रेसले खटायो प्रतिनिधि, को-कहाँ ? (सूचिसहित )

७७ वटै जिल्लामा कांग्रेसले खटायो प्रतिनिधि, को-कहाँ ? (सूचिसहित )


मध्यान्तर
  • मंगलबार, भाद्र ७ २०७९

  • फाइल तस्बिर

    काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ ।

    कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकिसकेको छ । तर, मंगलबारसम्म कांग्रेसले सर्कुलर जारी गरेको छैन ।

    पार्टी नेता एवं सांसद प्रदीप गिरीको निधनका कारण शोकमा रहेकाले कांग्रेसले अभियान केही दिन पछि सारेको हो । कांग्रेसले कास्कीमा प्रदीप पौडेललाई कास्की, जितजंग बस्नेतलाई काठमाडौं, अम्बिका बस्नेतलाई भक्तपुर, नानु बास्तोलालाई ललितपुर, शंकर भण्डारीलाई लमजुङ, देवेन्द्रराज कँडेललाई गुल्मी जिल्लामा प्रतिनिधिका रूपमा खटाएको छ ।

    केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएका केन्द्रीय सदस्यहरूले जिल्लाका वस्तुगत स्थिति र चुनावमा पार्टीको पोजिसनबारे पार्टीलाई रिपोर्टिङ गर्नुपर्ने छ ।

    कसलाई कहाँ खटाइयो ?

    ताप्लेजुङ्ग : आङ्गेलु शेर्पा

    पाँचथर : प्रदीपकुमार सुनुवार

    इलाम : महेन्द्रकुमारी लिम्बु

    झापा : डिला संग्रौला

    संखुवासभा : उमेशजंग रायमाझी

    तेह्रथुम : लक्ष्मी परियार

    भोजपुर : भीम पराजुली

    धनकुटा : राजीव ढुंगाना

    मोरङ : ज्ञानेन्द्रबहादुर कार्की

    सुनसरी : अमृत अर्याल

    सोलुखुम्बु : कल्पना चौधरी

    खोटाङ : तारामान गुरुङ

    ओखलढुंगा : लक्ष्मी खतिवडा

    उदयपुर : बलबहादुर केसी

    सप्तरी : आनन्दप्रसाद ढुंगाना

    सिरहा : महेन्द्रकुमार राय

    धनुषा : नगिना यादव

    महोत्तरी : मञ्जु खाँण

    सर्लाही : दिनेशकुमार यादव

    रौतहट : अजयकुमार चौरासिया

    बारा : रमेश रिजाल

    पर्सा : पद्मनारायण चौधरी

    दोलखा : शान्ति परियार

    रामेछाप : हरिशरण नेपाली

    सिन्धुली : दिलमान पाख्रिन

    रसुवा : राजेन्द्र केसी

    धादिङ : मदनकृष्ण श्रेष्ठ

    नुवाकोट : मदनबहादुर अमात्य

    सिन्धुपाल्चोक : बहादुरसिंह लामा

    काभ्रे : रमा कोइराला

    चितवन : श्यामकुमार घिमिरे

    मकवानपुर : उमेश श्रेष्ठ

    भक्तपुर : अम्बिका बस्नेत

    ललितपुर : नानु बास्तोला

    काठमाडौं : जीतजंग बस्नेत

    गोरखा : ध्रुव वाग्ले

    लम्जुङ : शंकर भण्डारी

    तनहुँ : सुरेन्द्रराज पाण्डे

    कास्की : प्रदीप पौडेल

    मनाङ : गुरु बराल

    मुस्ताङ : कृष्णचन्द्र नेपाली पोखरेल

    पर्वत : चम्पादेवी खड्का

    स्याङजा : चिनकाजी श्रेष्ठ

    म्यादी : दिनेश कोइराला

    बाग्लुङ : अब्दुल सतार

    नवपुर : सरस्वती अर्याल

    नवलपरासी : मानबहादुर नेपाली

    रुपन्देही : योगेन्द्र चौधरी

    कपिलवस्तु : चन्द्रबहादुर केसी

    पाल्पा :अब्दुल रञ्जाक

    अर्घाखाँची : गोविन्दराज पोखरेल

    गुल्मी : देवेन्द्रराज कँडेल

    रुकुम पुर्व : धना खतिवडा

    रोल्पा : मैकुलाल बाल्मीकी

    प्युठान : जावेदा खातुन जागा

    दाङ : गोपाल दहित

    बाँके : दिपक गिरी

    बर्दिया : गेहेन्द्र गिरी

    रुकुम पश्चिम : कृष्णकिशोर घिमिरे

    सल्यान : सीता देवकोटा

    जुम्ला : रंगमति शाही

    मुगु : कान्तिका सेजुवाल

    कालिकोट : जानकी सिंह

    जाजरकोट : सिताकुमारी राना

    दैलेख : राजीवविक्रम शाह

    सुर्खेत : सञ्जयकुमार गौतम

    बाजुरा : अर्जुनजंगबहादुर सिंह

    बझाङ : गोविन्दबहादुर शाह

    डोटी : नृपबहादुर वड

    अछाम : रणबहादुर रावल

    दार्चुला : यज्ञराज जोशी

    बैतडी : रमेश लेखक

    डडेलधुरा : ईश्वरी न्यौपाने

    कञ्चनपुर : रामजनम चौधरी

    कैलाली : एनपी साउद

    प्रतिक्रिया
    थप समाचार