Online Nepal शुक्रबार, चैत्र १६ २०८०

अमेरीकाबाट सुरेन गौतमको ‘बा आकाश हुन ‘सार्वजनिक

अमेरीकाबाट सुरेन गौतमको ‘बा आकाश हुन ‘सार्वजनिक


मध्यान्तर
  • शुक्रबार, भाद्र १० २०७९

  • पिताको मुख हेर्ने बिशेष दिनको अबसर पारेर गायक सुरेन गौतमले ‘बा आकाश हुन’बोलको गीत सार्वजनिक गरेका छन । गायक गौतमले यो गित अमेरिकाबाट बोधी एच. डी (BODHI HD) को अफिसियल यु-ट्युब च्यानलबाट मार्फत सार्बजनिक गरेका हुन |

    गीतलाई बरिष्ठ गीतकार तुलसी बस्नेतले लेखेका हुन् भने सन्देश श्रेष्ठले संगीत भरेका छन | यस गीतलाई दिनेश श्रेष्ठले संगीत संयोजन गरेका छन् | गीतको भिडियोलाई गायक आफैले निर्देशन गरेका हुन् | सुरज केसीको छायाँकन रहेको गीतमा विष्णुहरि तिमिल्सिना को दृश्य सम्पादन रहेको छ |
    गायक गौतमले यस अघि पनि रेशमी पर्दाले छेकेन, छेक्यो डाँडा कुहिरोले, आमाको अर्थ, पिरती लरी लै, सधै-सधै जस्ता चर्चित गीतहरु गाएर चर्चा बटुलिसकेका छन् |

    स्वर परीक्षा पास गरिसकेका गायक गौतमले “पिंजडाको सुरक्षा” बोलको गीतबाट ओ एस नेपाल म्यूज़िक अवार्डमा उत्कृष्ट आधुनिक गायन पुरुषतर्फको अवार्ड जितिसकेका छन
    । हाल गायक गौतम अमेरिकाको टेक्सस राज्यको टेक्सस टिच यूनिभर्सिटीबाट कृषिमा विद्यावारीधि गर्दै छन् |

    प्रतिक्रिया
    थप समाचार