Online Nepal बिहिबार, बैशाख १३ २०८१

बलात्कार गरेको आरोपमा दाङबाट युवक पक्राउ

बलात्कार गरेको आरोपमा दाङबाट युवक पक्राउ


मध्यान्तर
  • आइतबार, भाद्र १२ २०७९

  • फाइल तस्बिर

    दाङ । बलात्कार गरेको आरोपमा दाङबाट प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका–५ हुरुम घर भएका २१ वर्षीय एक्कबहादुर अधिकारी छन् । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार दिउँसो उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    आरोपीले ती किशोरीलाई ललाई फकाई जबर्जस्ती करणी गरेको सुराकी पाएपछि इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार