Online Nepal बिहिबार, बैशाख १३ २०८१

बिद्युत प्राधिकरणले संचालनमा ल्यायो चार्जिङ स्टेसन

बिद्युत प्राधिकरणले संचालनमा ल्यायो चार्जिङ स्टेसन


मध्यान्तर
  • मंगलबार, भाद्र १४ २०७९

  • काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले चार्जिङ स्टेसन सन्चालनमा ल्याएको छ। मंगलबार प्राधिकरण प्राङ्गणमा बनाइएको चार्जिङ स्टेसनको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले उद्घाटनपछि सन्चालनमा आएको हो ।

    चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले देशभर यस्ता ५१ वटा स्टेसन बनिरहेको र एउटा स्टेसन बनाउन करिब ९० लाख रुपैयाँ खर्च लाग्ने बताए ।
    प्राधिकरण प्राङ्गणमा सन्चालनमा ल्याइएको चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा प्रति युनिट ५ रुपैयाँ हाराहारी पर्ने घिसिङको भनाई छ । उनले दिउँसोको समयमा भन्दा रातिको समयमा चार्ज गर्दा कम मूल्य लाग्ने बताए ।

     

    प्रतिक्रिया
    थप समाचार