Online Nepal बुधबार, बैशाख १२ २०८१

पल शाहको मुद्दामा तनहुँको सुनुवाइ स्थगित

पल शाहको मुद्दामा तनहुँको सुनुवाइ स्थगित


मध्यान्तर
  • बुधबार, भाद्र १५ २०७९

  • तनहुँ । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा  (बुधबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

    नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो ।

    तर न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन ।

    शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ ।

    अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेकाअनुसार नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ ।

    थुनामुक्त भएर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए तर अदालतले निवेदनलाई अस्वीकृत गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार