Online Nepal शुक्रबार, चैत्र १६ २०८०

आईएमईको दसैँ अफर सार्वजनिक

आईएमईको दसैँ अफर सार्वजनिक


मध्यान्तर
  • बिहिबार, भाद्र १६ २०७९

  • काठमाडौं । आईएमई रेमिट्यान्स लिमिटेडले दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा सेवाग्राहीहरूलाई लक्षित दसैँ अफर सार्वजनिक गरेको छ ।

    विदेशबाट आईएमईमार्फत आएको रेमिट्यान्स प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

    बुधबार यस्तो अफर सार्वजनिक गरिएको हो । अफर सार्वजनिक कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ब्राण्ड एम्बासडर दीपकराज गिरीक लगायतको उपस्थिति थियो ।

    हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुई जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई दश लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

    अफर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ग्रुपका अध्यक्ष ढकालले आईएमईले आफ्नो स्थापनादेखि नै यस्ता अफर ल्याउँदै आएको स्मरण गर्दै यस्ता अफरले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनीबीचको त्रिपक्षीय सम्बन्धलाई मजबुत बनाउने बताए ।

     

    प्रतिक्रिया
    थप समाचार