Online Nepal बुधबार, बैशाख १२ २०८१

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक


मध्यान्तर
  • शुक्रबार, भाद्र १७ २०७९

  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केही बेरअघि बसेको बोर्ड बैठकले रिजल्ट प्रकाशन गरेको हो ।

    यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ । सार्वजनिक नतिजाअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय ७९ रहेको छ ।

    गत जेठ १५-२५ मा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार ८ जना र ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जना गरेर जम्मा ३ लाख ९६ हजार १ सय ८५ जना परीक्षार्थी सहभागी भएका थिए ।

    यसपटक पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्ने बोर्डले जनाएको छ । त्योभन्दा कम ल्याउनेले पुनः परीक्षा दिनुपर्नेछ ।

    परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट रिजल्ट हेर्न सकिनेछ ।बोर्डका अनुसार नियमिततर्फ ३८ जना, ग्रेडवृद्धितर्फ ३ जना र आंशिकतर्फ २ जना गरेर ४३ जनाको परीक्षा स्थगित गरिएको छ । आंशिकतर्फ ३ हजार एक सय ३२ जना परीक्षार्थी सहभागि भएकोमा ४१ प्रतिशत अर्थात १ हजार २ सय ८८ जना परीक्षार्थी उर्तिण भएका छन् ।

    प्रतिक्रिया
    थप समाचार