Online Nepal शनिबार, बैशाख ८ २०८१

बालबालिकाको गोपनीयता भङ्ग गरेको भन्दै इन्टाग्रामलाई ४०.५ करोड युरो जरिवाना

बालबालिकाको गोपनीयता भङ्ग गरेको भन्दै इन्टाग्रामलाई ४०.५ करोड युरो जरिवाना


मध्यान्तर
  • मंगलबार, भाद्र २१ २०७९

  • बालबालिकाको गोपनीयता भङ्ग गरेको आरोपमा आयरल्याण्डको नियामक निकायले इन्सटाग्रामलाई ४०.५ करोड युरो जरिवाना तोकेको छ । लामो समयदेखि इन्सटाग्राममाथि बालबालिकाको विशेष गरेर फोन नम्बर र इमेलको गोपनीयता कायम नगरेको आरोप लाग्दै आएको थियो ।

    बालबालिकाको गोपनीयता भङ्ग गरेको आरोपमा आयरल्याण्डको नियामक निकायले इन्सटाग्रामलाई ४०.५ करोड युरो जरिवाना तोकेको छ । लामो समयदेखि इन्सटाग्राममाथि बालबालिकाको विशेष गरेर फोन नम्बर र इमेलको गोपनीयता कायम नगरेको आरोप लाग्दै आएको थियो ।

    बिजेनस अकाउन्टमा बदलेकाहरूले एनलाइटिकल टुलबाट पोफाइल भिजिटजस्ता विषयहरूमा पहुँच पाउने र त्यसले गोप्य तथ्याङ्क उनीहरूको हातमा पुग्ने आरोप थियो । इन्सटाग्रामको मालिक कम्पनी मेटाले उक्त निर्णय विरुद्ध अपिल गर्ने बताएको छ ।

    आयरल्याण्डको नियामक निकाय डाटा प्रोटेक्सन कमिस्नर (डीपीसी) ले कम्पनीलाई जरिवानाको सजाय तोकेको यो तेस्रो अवसर हो । यता डीपीसीले एक वर्षअघिको पुरानो सेटिङको अध्ययनको आधारमा सो जरिवाना तोकेको तर अहिले एपमा धेरै अपडेट भएर ती समस्या समाधान भइसकेको मेटाको दाबी छ ।
    बीबीसी

    प्रतिक्रिया
    थप समाचार