Online Nepal बुधबार, बैशाख १२ २०८१

Excel&Elevate भन्ने नाराका साथ नेशनललाईफ इन्स्योरेन्सका Employee Skill Enhancement Workshop सम्पन्न

Excel&Elevate भन्ने नाराका साथ नेशनललाईफ इन्स्योरेन्सका Employee Skill Enhancement Workshop सम्पन्न


मध्यान्तर
  • बिहिबार, भाद्र २३ २०७९

  • काठमाडौं  । “Excel&Elevate”२०७९/८०” नाराका साथ नेशनललाईफ इन्स्योरेन्स कम्पनीलि. ले ३ दिने  Employee Skill Enhancement Workshop  पोखरा स्थित होटल पोखरा ग्राण्डीमा सम्पन्न गरेको छ ।

    कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रम कम्पनीका अध्यक्ष  प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको थियो ।

    सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीको कर्मचारीहरुको दक्षताअभिवृद्धिको लागि आवश्यक लगानी गर्दै जाने जानकारी गराउनु भयो । सम्मेलनमा विभागिय प्रमुख सहित देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २०० जना भन्दाब ढिको सहभागिता रहेको थियो ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत  सुरेश प्रसाद खत्रीज्यूले बीमा व्यवसाय प्रतिष्पर्धात्मक हुँदै गैरहेको वर्तमान स्थितीमाआफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासील गरी बीमा बजार माकम्पनी लाई अग्र स्थानमा पु¥याउन मार्केटिङ कर्मचारीहरुको जत्तिकै भुमिका प्रशासनिक कर्मचारीहरुको पनि हुने भएकोले सबैले आ–आफ्नो जिम्मेवारी वहनगर्दै यस सम्बन्धमाअधिकतम प्रयास गर्न उत्प्रेरणा प्रदान गर्नु भयो ।

    प्रमुख कार्यकारी अधिकृत खत्रीले  बीमा समितिवाट कर्मचारी दक्षता अभिबृद्धि कार्यक्रम संचाल नगर्नु पर्ने निर्देशन प्राप्तभए अनुसार यो कार्यक्रम संचालन गरिएको र आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमहरु नियमित रुपमा संचालन गरिने जानकारी गराउनु भयो ।
    कार्यक्रममा नियम नकारी बीमा समितिका निर्देशक सुशील देव सुवेदी ज्यूले नेपालको बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था र यस सम्बन्धमा नियाम कनिकायवाट भएका विस्तृत प्रयासहरु सम्बन्ध माग जानकारी गराउनु भएको थियो ।

    सम्मेलनमा सहभागि कर्मचारी हरुलाईे चर्चित संचारकर्मी एवं मिस नेपाल (२००५) श्रीमती सुगारिका के.सी.ले ब्यक्तित्व विकास सम्वन्धमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । नेपाल पूर्न बीमा कम्पनीको पूर्व प्रमुख कार्यकारी अधिकृत  चिरायु भण्डारी ज्यूले कार्यक्रममा जोखिमा प्रक्रृयाको महत्वमा प्रकाश पार्नु भयो ।

    साथै कम्पनीका विभागि यप्रमुखहरुले कम्पनीको प्रशासनि ककार्यहरु सम्पन्न गर्ने क्रममा विभिन्न समस्याहरुको पहिचान गरी सहजिकरण गर्दै कम्पनीका ग्राहक तथा अभिकर्ता वर्गहरु लाई छिटो छरितो र विश्वासिलो सेवा प्रदान गर्ने उपायहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
    सम्मेलनमा उत्कृष्ट कार्य गर्ने ५ जना कर्मचारी हरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री बाट सम्मानतथा पुरस्कृत गर्दे कार्यक्रम समापन गरिएको थियो ।

    प्रतिक्रिया
    थप समाचार