Online Nepal शनिबार, जेष्ठ ५ २०८१

दक्षिण भियतनाममा भीषण आगलागीमा ३२ जनाको मृत्यु

दक्षिण भियतनाममा भीषण आगलागीमा ३२ जनाको मृत्यु


मध्यान्तर
  • बिहिबार, भाद्र २३ २०७९

  • भियतनाम। दक्षिणी भियतनामको हो ची मिन्ह सिटी नजिकैको कराओके कम्प्लेक्समा भएको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्। मंगलबार राति प्रतिष्ठानको माथिल्लो तल्लामा आगलागी हुँदा ग्राहक र कर्मचारी अलपत्र परेका थिए।

    चार जना दोस्रो र तेस्रो तल्लाबाट हाम फालेर ज्यान जोगाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। अलार्म बजेको केही समयमै अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

    अहिले १७ पुरुष र १५ महिलासहित ३२ जनाको मृत्यु भएको सार्वजनिक सुरक्षा मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार आगलागीको समयमा भवनमा ६० जना यात्रु थिए।

    प्रतिक्रिया
    थप समाचार