Online Nepal बिहिबार, बैशाख १३ २०८१

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन


मध्यान्तर
  • शुक्रबार, भाद्र २४ २०७९

  • काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको बिहीबार साँझ ९६ वर्षको उमेरमा निधन भएको हो । उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् ।

    बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।

    महारानी एलिजाबेथको जन्म २१ अप्रिल १९२६ मा लण्डनको मेयफेयरमा भएको थियो । उनको वास्तविक नाम एलिजाबेथ एलेक्सान्ड्रा मेरी विन्डसर हो । एलिजाबेथ १९५२ मा बेलायतको महारानी बनेकी थिइन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार