Online Nepal शनिबार, बैशाख ८ २०८१

नाडा इभी एक्पो असोज ६ देखि ९ सम्म हुने

नाडा इभी एक्पो असोज ६ देखि ९ सम्म हुने


मध्यान्तर
  • सोमबार, भाद्र २७ २०७९

  • काठमाडौं । नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालका अध्यक्ष धुव्र थापाले विद्युतीय गाडीलाई अत्यावश्यक वस्तुमा गणना गर्न माग गरेका छन् । सोमबार नाडा एक्पो २०२२ को पुर्व सन्ध्यामा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

    कार्यक्रममा बोल्दै उनले भने, ‘सरकारले अहिले विलासीका वस्तुहरुको आयातमा रोक लगाएको छ । विदेशी मुद्रा सञ्चित भइरहेको छ । तर, अब भने सरकारले इन्धनको गाडीहरुलाई भन्दा विद्युतीय गाडीलाई प्राथमिता दिएर आयातमा सहज गर्नुपर्ने बेला भएको छ ।’

    नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले आगामी असोज ६ गतेदेखि ९ गतेसम्म नाडा इभि एक्स्पो २०२२ को आयोजना गर्ने भएको छ । नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनी “सिएट द्वारा प्रायोजित नाडा इभि एक्स्पो २०२२” आयोजना गरिने भएको हो ।

    काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा रहनेछ । त्यस्तै, युएसएड क्लिन एडले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीन दिने सुचनामूलक गोष्ठीको सन्चालन गर्ने आयोजकले जनाएको छ ।

    एक्स्पोको शिर्ष प्रायोजक सिएट टायर रहेको छ भने, सह–प्रायोजकमा शिखर इन्सुरेन्स् कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती एप रहेको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।

    विद्युतिय सवारी साधनहरुको महत्व दिन प्रतिदिन बढदै गएको र यस्ता सवारी साधनहरुको बढदो प्रयोगले आफनै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास रहेको आयोजकले जनाएकोे छ ।

    वातावरण मैत्री विद्युतिय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दै आयोजना गर्न लागिइएको सीइएट प्रिजेन्ट नाडा इभी एक्पो २०२२ ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन् । एक्स्पोमा ७ वटा ब्राण्डका चार पाङग्रे, एउटा तीन पाङग्रे, १६ वटा ब्राण्डका दुई पाङग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

    एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिड भाड कम गर्न खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको छ । सोमबारदेखि असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिद गरेमा विशेष सहुलियत पाइने समेत जनाइएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार