Online Nepal शुक्रबार, बैशाख ७ २०८१

लोसपाका उमाशंकर अरगरिया एमाले प्रवेश गर्दै

लोसपाका उमाशंकर अरगरिया एमाले प्रवेश गर्दै


मध्यान्तर
  • बिहिबार, भाद्र ३० २०७९

  • काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता उमाशंकर अरगरिया नेकपा (एमाले)मा प्रवेश गर्ने भएका छन् । उनका अनुसार आउँदो असोज ८ गते एमाले प्रवेशको औपचारिक प्रक्रिया पूरा हुनेछ ।

    “म एमाले प्रवेश गरेको हो । अब नेकपा (एमाले)को केन्द्रीय सदस्य,” अरगरियाले भने, “आगामी ८ गते औपचारिक कार्यक्रममा प्रवेश कार्यक्रम हुनेछ ।”

    नेपाली कांग्रेसको राजनीतिबाट आएका अरगरिया तराई मधेस लोकतानित्रक पार्टी हुँदै उपेन्द्र यादवको पार्टी मधेसी जनअधिकार फोरममा पुगेका थिए ।

    उनी ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएका थिए । संसद्मा प्रमुख सचेतकको भूमिकामा थिए ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दल फुटाउन सहज हुने गरी अध्यादेश जारी गरेपछि उनले तत्कालीन संघीय समाजवादी फोरम छोडेर एमाले प्रवेशको तयारी गरेका थिए । उनीसहितका नेताहरूले पार्टी छोड्न लागेको थाहा पाएपछि राजपा र समाजवादी फोरमबीच रातारात एकता भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार