Online Nepal बिहिबार, बैशाख ६ २०८१

ली चान्सुले आश्वसन दिए लगत्तै रसुवागढी र तातोपानी नाका सञ्चालनमा

ली चान्सुले आश्वसन दिए लगत्तै रसुवागढी र तातोपानी नाका सञ्चालनमा


मध्यान्तर
  • बिहिबार, भाद्र ३० २०७९

  • काठमाडौं । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नाका खोल्ने आश्वसन दिए लगत्तै रसुवागढी र तातोपानी नाका सञ्चालनमा आएको हो ।

    करिब एक महिना पछि नेपाल र चीनबीचको रसुवागढी र तातोपानी नाका खुलेका छन् । कोरोना संक्रमण बढेको भन्दै एकातर्फी बन्द गरेको नाका पुनः सञ्चालनमा आएको हो ।

    साउन २५ गते देखि बन्द रहेको रसुवागढी नाका आज बिहीबार देखि सञ्चालनमा आएको छ ।

    नाका सञ्चालनमा आएसँगै यस अघि रोकिएर बसेको बस्तु बोकेर ७ कन्टेर नेपाल भित्रिएका छन् भने थप ७ वटा साँझसम्ममा भित्रिने जिल्ला प्रशासन कार्यकलय रसुवाले जनाएको छ ।

    यस्तै तातोपानी नाका पनि आजै बाट खुलेको छ । तातोपानी नाका गत साउन २१ ग्ते देखि बन्द रहेको थियो ।

    प्रतिक्रिया
    थप समाचार