Online Nepal बिहिबार, बैशाख १३ २०८१

निर्देशक सुदर्शन थापा विरुद्द गाली बेइज्जती र धम्की दिएको भन्दै उजुरी

निर्देशक सुदर्शन थापा विरुद्द गाली बेइज्जती र धम्की दिएको भन्दै उजुरी


मध्यान्तर
  • बिहिबार, भाद्र ३० २०७९

  • काठमाडौं । पत्रकार सुजन श्रेष्ठले निर्देशक सुदर्शन थापाविरुद्ध पत् जाहेरी दिएका छन् । निर्देशक थापाले आफूमाथि गाली बेइज्जती र धम्की दिएको भन्दै उनले प्रहरी वृत्त, गौशालामा उजुरी दिएको स्रोतले जनाएको छ ।

    थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ले बक्स अफिसमा गरेको व्यापारको विषयमा श्रेष्ठले केही दिनअघि लेखेको समाचारलाई लिएर यी दुईबीच तनाव उत्पन्न भइरहेको थियो ।

    गत भदौ २० गते थापाले समाचारको विषयलाई लिएर श्रेष्ठलाई कानको जाली फुटाइदिने भन्दै धम्की दिएको अडियो श्रेष्ठले सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेका थिए । जाहेरीपछि शुक्रबार बिहान ११ बजे दुवै पक्षलाई छलफलका लागि प्रहरीले बोलाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार