Online Nepal शुक्रबार, बैशाख ७ २०८१

टेलिकमले थाल्यो ई-सिम

टेलिकमले थाल्यो ई-सिम


मध्यान्तर
  • शुक्रबार, भाद्र ३१ २०७९

  • काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुलाई निःशुल्क ई-सिम वितरण थालेको छ । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने छन् ।
    दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट आज शुक्रबार विहानदेखि ई-सिम वितरण सुरु भएको हो ।

    हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई-सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध नगराइने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

    ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ ।

    ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक (इम्बेडेड) सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

     

    प्रतिक्रिया
    थप समाचार