Online Nepal बिहिबार, बैशाख १३ २०८१

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मुल्य

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मुल्य


मध्यान्तर
  • शुक्रबार, भाद्र ३१ २०७९

  • काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट आज मूल्य घटेर आएको हो ।

    नेपाल आयल निगमलाई आईओसीले घटेको मूल्यसूची पठाएको छ । आजबाट लागू गरी पठाइएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६.५५ रूपैया घटेको छ । निगमलाई पेट्रोल बिक्रीबाट प्रतिलिटर ८ रूपैयाँ फाइदा हुने भएको हो । भने डिजेलको प्रतिलिटर ४४ पैसा घटेर आएको हो ।

    हाल निगमले पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल १७८ प्रतिलिटर बिक्री गरिरहेको छ ।

    हाल भारतबाट पेट्रोलको मूल्य घटेर आएपनि निगमले घाटा भएकोले तत्काल मूल्य घट्ने अवस्था नभएको निगम स्रोत बताउँछ ।

    प्रतिक्रिया
    थप समाचार