Online Nepal शुक्रबार, बैशाख ७ २०८१

थप ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि


मध्यान्तर
  • शनिबार, असोज १ २०७९

  • काठमाडौं  पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ७४० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३५ तथा एन्टिजेन विधिबाट २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार जनाएको छ ।

    यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ९६६ पुगेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार