Online Nepal बिहिबार, चैत्र १५ २०८०

आईएमई पे डिजिटल दसैँ तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदार

आईएमई पे डिजिटल दसैँ तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदार


मध्यान्तर
  • सोमबार, असोज ३ २०७९

  • काठमाडौं । आईएमई पे र किरण शुजद्वारा संचालित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार आईएमई पे डिजिटल दसैँ तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रूपमा जोडिएको हो ।

    गोल्डस्टार जुत्ताले आईएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधिभर हरेक दिन एक जोडी गोल्डस्टार जुत्ता प्रदान गर्ने भएको छ ।

    साथै, प्रयोगकर्ताहरूले आईएमई पे एपमार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा जुत्ता खरिद गर्दा २० प्रतिशत क्यासब्याक पनि प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ ।

    आईएमई पेको दसैँ क्याम्पेनमा हरेक दिन एक भाग्यशाली विजेताले रिडिमेबल भाउचर कोड पाउने छ । सो कोड प्रयोग गरी विजेताहरूले गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा निःशुल्क जुत्ता प्राप्त गर्न सकिने बताइएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार