Online Nepal शनिबार, बैशाख ८ २०८१

अष्ट्रेलियाको तासमनियामा एन्फाले छान्यो नयाँ कार्यसमिती

अष्ट्रेलियाको तासमनियामा एन्फाले छान्यो नयाँ कार्यसमिती


मध्यान्तर
  • सोमबार, असोज ३ २०७९

  • प्रबासमा खेल र नेपाली खेलाडीहरूलाई प्रेत्साहन गर्ने उद्देश्यले गठन गरिएको अष्ट्रेलियन नेप्लिज फूटबल एसोसिएसन तासमनिया ( एन्फा ) ले नयां कार्यसमिति गठन गरेको छ । ८ सेप्टेम्बरका दिन अष्ट्रेलियाको तासमनियामा नयां कार्यसमिति गठन गरिएको हो ।
    पूर्ब खेलाडी जगदीश खड्काको अध्यक्षतामा गठन भएको नव निर्बाचित कार्यसमितीको उपाध्यक्षमा मनिष पोखरेल ,सचिबमा सुदिप तामांग, सह सचिबमा बिशाल सुब्बा र कोषाध्यक्षमा अरबिन स्यागंबा रहेका छन । यसैगरी एन्फाको पब्लिक रिलेशन अफिसरमा लोकेन बिष्ट र अडिटरमा सन्तोष आचार्य रहेका छन ।

    यूडी गुरूंग , अजय गुरूंग र पूर्ण आले मगर सल्लाहकार रहेको यो सस्थाले चांडै फूटबलको लिंग सन्चालन गर्नेदेखी बालबालिकाहरूको लागि किड्स ऐकेडेमी र एन्फा अन्तरप्रदेशीय फुटबल प्रतियोगिता सन्चालन गर्ने तयारी गरिरहेको छ -‘ प्रबासमा खेल मार्फत नेपाली नेपालीबीच भाईचार बढाउंने र प्रबासमा हुर्कदै गरेको दोस्रो पुस्तालाई नेपाली खेलकुदको बारेमा जानकारी गराउनु साथै नेपाली – नेपालीबीच सदभाब कायम गर्ने तर्फ पनि संस्थाको जोड रहने छ -‘ अध्यक्ष् जगदीश खड्का र पब्लिक रिलेशन अफिसर लोकेन बिष्टको भनाई रहेको छ ।
    -राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया

    प्रतिक्रिया
    थप समाचार