Online Nepal मंगलबार, असोज १६ २०८०

यो वर्ष डेंगीबाट २० जनाको मृत्यु

यो वर्ष डेंगीबाट २० जनाको मृत्यु


मध्यान्तर
  • सोमबार, असोज ३ २०७९

  • काठमाडौं । यो वर्ष डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २ गतेसम्म संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ । हालसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै ललितपुरमा चार हजार ६०४ जनामा संक्रमण पुष्टि भएको छ ।

    काठमाडौंमा चार हजार ४५४, भक्तपुरमा ७१३ गरी उपत्यकामा, डेंगी संक्रमितको संख्या नौ हजार ७७१ पुगेको छ । उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ५९७ जनामा संक्रमण देखिएको छ । दाङमा ९९४, रुपन्देहीमा ६५९ चितवनमा ४१०, गुल्मीमा २९२, दार्चुलामा १८८ तथा काभ्रेमा १५२ जनामा संक्रमण देखिएको छ । अन्य जिल्लामा संक्रमितको संख्या एक सयभन्दा कम रहेको महाशाखाको तथ्यांक छ । डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो वासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउनु विज्ञहरूको सुझाव छ ।

     

    प्रतिक्रिया
    थप समाचार