Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

युनाइटेड सिमेन्टको अफरः ‘१५ बोरा किन्दा १ बोरा सित्तैमा’

युनाइटेड सिमेन्टको अफरः ‘१५ बोरा किन्दा १ बोरा सित्तैमा’


मध्यान्तर
  • शुक्रबार, भाद्र ८ २०७५

  • काठमाडौं । युनाईटेड सिमेन्टले आफ्नो उत्पादन आम उपभोक्ता माझ पुर्याउन विषेश अफर सार्वजनीक गरेको छ । जस अन्तर्गत अब उपभोक्ताले १५ बोरा सिमेन्ट खरिदमा १ बोरा सित्तैमा पाउनेछन् ।

    यूनाइटेड सिमेन्टले यो भन्दा अगाडि पनि आफ्ना ग्राहकहरुलाई प्रोत्साहन गर्न सिमित अवधिको लागि ‘१५ बोरा सिमेन्ट खरिदमा १ बोरा सित्तैमा’ अफर दिएको थियो । समस्त ग्राहक वर्गको ममता, साथ, सहयोग र विश्वासको सम्मान स्वरुप फेरी यो योजना सार्वजनीक गरेको कम्पनीले जनाएको छ ।

    केएल दुगड ग्रुपद्धारा उत्पादित युनाईटेड सिमेन्ट बेजोड गुणस्तरको कारण छोटो समयमा नै उपभोक्तामाझ लोकप्रिय बन्न सफल भएको जनाउँदै यो योजनाले आम उपभोक्तालाई विशेष लाभ पुर्याउने कम्पनीले विश्वास लिएको छ ।

    ललितपुरको लेलेस्थित आफ्नै चुनढुङ्गा खानी र धादिङको नौबिसेमा फ्याक्ट्री रहेको यस यूनाइटेड सिमेन्टले अत्याधुनिक रोटरी किल्न प्रविधिबाट गुणस्तरीय सिमेन्ट उत्पादन गरी आम उपभोक्ता माझ वितरण गरिरहने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार