Online Nepal मंगलबार, जेष्ठ १ २०८१

गौतमबुद्ध विमानस्थल निर्माणका लागी अर्थ मन्त्रालयले छुट्टायो ७० करोड

गौतमबुद्ध विमानस्थल निर्माणका लागी अर्थ मन्त्रालयले छुट्टायो ७० करोड


मध्यान्तर
  • सोमबार, बैशाख ३० २०७६

  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २० करोड निकासा नगरेपछि रोकिएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य पुनः सुचारु हुने भएको छ ।

    रकम अभावमा काम रोकिएको भन्दै विभिन्न संचारमाध्यममा प्रकाशनरप्रशारण भएपछि अर्थ मन्त्रालयले विभिन्न शिर्षकबाट रकममान्तर गरि ७० करोड निकासी गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले रकम निकासीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका फाइल पठाए पनि रकम निकासी नभएको भन्दै निर्माण कम्पनीले काम रोकेको थियो । चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’ले रकम अभावले काम रोकेको आयोजना निर्देशनालयले जनाएको थियो ।

    प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरवको आयोजन निर्देशनालय स्रोतका अनुसार निर्माण कम्पनीले १९ दिन अगाडिदेखि काम ठप्प पारेको थियो ।

    प्रतिक्रिया
    थप समाचार