Online Nepal बिहिबार, बैशाख १३ २०८१

बंगलादेशले जित्यो महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि

बंगलादेशले जित्यो महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि


मध्यान्तर
  • सोमबार, असोज ३ २०७९

  • काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ ।

    आज साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई ३–१ गोलले हराउँदै बंगलादेशले उपाधि उचालेको हो ।हारसँगै नेपाल इतिहास रच्ने मौकाबाट चुकेको छ ।

    नेपाल सेमिफाइनलमा भारतलाई १–० ले हराउँदै फाइनलमा पुगेको थियो । बंगलादेशले पनि भारतलाई हराएर फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, बंगलादेशले भारतलाई भने समूह चरणमा नै हराएको हो ।

    प्रतिक्रिया
    थप समाचार