Online Nepal बिहिबार, बैशाख १३ २०८१

नेप्सेमा लगातार गिरावट

नेप्सेमा लगातार गिरावट


मध्यान्तर
  • मंगलबार, असोज ४ २०७९

  • काठमाडौँ। नेप्सेमा लगातार गिरावट आएको छ साताको कारोबारको तेश्रो दिन पनि आज नेप्सेमा ३८.८१ अंकले घटेर १ हजार ८३७.६० विन्दुमा पुगेको छ ।

    यस दिन नेप्सेमा कूल २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व २२ करोड ९६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिस्टिलरीको भएको छ। यसको आज ५ करोड ६५ लाखभन्दा बढीको कारोबार भएको छ।

    मंगलबारको कारोबारमा १३ वटा उपसुचक घटेको छ। आजको कारोबारमा स्वाभिमान लघुवित्त र एनएमनि ५० का लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, कालिका पावर कम्पनी र बरुण हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

    प्रतिक्रिया
    थप समाचार