Online Nepal बिहिबार, चैत्र १५ २०८०

म्यानमारको एक विद्यालयमा सेनाले गोली चलाउँदा कम्तिमा १३ बालबालिकाको मृत्यु

म्यानमारको एक विद्यालयमा सेनाले गोली चलाउँदा कम्तिमा १३ बालबालिकाको मृत्यु


मध्यान्तर
  • बुधबार, असोज ५ २०७९

  • काठमाडौं । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरबाट गोली चलाउँदा कम्तिमा १३ बालबालिकाको मृत्यु भएको । सेनाले मध्य सागिङ क्षेत्रको लेट यट कोन गाउँमा रहेको विद्यालयमा गोली चलाएको प्राप्त विवरणहरूमा जनाइएको छ। सेनाको हेलिकप्टरले गाउँको बौद्ध विहारमा रहेको विद्यालयमा गोली प्रहार गरेको थियो ।
    विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरेकाले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ।

    गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ। सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन्। आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको छ।

    केही बालबालिकाको सेनाको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो भने आक्रमणमा घाइते बनेका केही बालबालिकाको उपचारका क्रममा मृत्युभएको थियो।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार