Online Nepal मंगलबार, असोज १६ २०८०

थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

थप ८१ जनामा कोरोना संक्रमण पुष्टि


मध्यान्तर
  • बुधबार, असोज ५ २०७९

  • काठमाडौं । नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको १ हजार ९७ पिसिआर परिक्षणका क्रममा ३९ जना र २ हजार ३ सय ५० एन्टीजेन परिक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ७५ संक्रमित निको भएका छन् । हाल नेपालमा १ हजार ४ सय ८३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार