Online Nepal मंगलबार, बैशाख ११ २०८१

डा.गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

डा.गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना


मध्यान्तर
  • बुधबार, असोज ५ २०७९

  • काठमाडौं ।  सातबुँदे माग राख्दै १० दिनदेखि धनगढीमा अनशनरत डा. गोविन्द केसी काठमाडौं आएका छन् ।

    धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आमरण अनशनमा रहेका उनी आफ्ना दुई सहयोगीका साथ बुधबार श्री एयरलाइन्सबाट काठमाडौं आएका हुन् ।

    श्वासप्रश्वासमा समस्या, गम्भीर प्रकारको अल्सर, रक्तचापमा गडबढजस्ता गम्भीर समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालले उनलाई विशिष्टीकृत अस्पताल लैजान सिफारिस गरेको थियो ।

    डा.केसीको स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई लिन सरकारले मंगलबार नेपाली सेनाको स्काइ ट्रक धनगढी पठाएको थियो । स्काइ ट्रकमा आउन अस्वीकार गरेका उनी आज आफ्नै खर्चमा काठमाडौं आएका हुन् । अब उनले त्रिवि शिक्षण अस्पतालमा रहेर सत्याग्रहलाई निरन्तरता दिने भएका छन् ।

    प्रतिक्रिया
    थप समाचार