Online Nepal सोमबार, असोज १७ २०७९

श्रीमतीको हत्या गरी श्रीमान् फरार

श्रीमतीको हत्या गरी श्रीमान् फरार


मध्यान्तर
  • बिहिबार, असोज ६ २०७९

  • काठमाडौं ।  कैलालीमा आफ्नो श्रीमतीको हत्या गरी श्रीमान् फरार भएका छन्।

    गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा श्रीमानले श्रीमतीको हत्यासँगै छोरीलाई पनि घाइते बनाई फरार भएका प्रहरीले जनाएको छ।

    वडा नम्बर ५ बस्ने शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ३२ वर्षकी ललिता नामजाली मगरको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

    उनी बुधबारमात्रै भारतबाट आएको र बिहीबार बिहान घटना घटाई फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

    उनले आफ्नी छोरी १७ वर्षजी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरी घाइते बनाएका छन्। उनको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। शेरबहादुरको खोजी कार्यसँगै घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

     

    प्रतिक्रिया
    थप समाचार