Online Nepal बिहिबार, बैशाख १३ २०८१

एनआईसी एशिया बैंक चाडबाड अफर सार्वजनिक

एनआईसी एशिया बैंक चाडबाड अफर सार्वजनिक


मध्यान्तर
  • शुक्रबार, असोज ७ २०७९

  • काठमाडौं । एनआईसी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।

    बैंकले ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ अफर सार्वजनिक गरेको हो । उक्त अफरमा बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहकहरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको छ ।

    यो अफर विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागु हुनेछ ।

    अफरअन्तर्गत विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिटेन्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप ३०० रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

    यो अफर असोज १ देखि कार्तिक ३० सम्म लागु हुने छ ।

     

    प्रतिक्रिया
    थप समाचार