Online Nepal शुक्रबार, चैत्र १६ २०८०

थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

थप ७४ जनामा कोरोना संक्रमण पुष्टि


मध्यान्तर
  • शनिबार, असोज ८ २०७९

  • फाइल तस्बिर

    काठमाडौं । देशभर थप ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार १२६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ तथा एन्टिजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

    यता थप ११६ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २८३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ जना सङ्क्रमितको मृत्यु पनि भएको छ । नेपालमा कोभिड–१९ को महामारीमा १२ हजार १७ जनाले ज्यान गुमाइसकेका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार